Kathmandu Press

संसदको गतिरोध हटाउन सत्तारूढ दलहरू गम्भीर, प्रतिपक्षीसँग छलफल गर्ने 

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसदको गतिरोध खुलाउने विषयमा छलफल भएको हो।
संसदको गतिरोध हटाउन सत्तारूढ दलहरू गम्भीर, प्रतिपक्षीसँग छलफल गर्ने 
फाइल तस्बिर

काठमाडौं, साउन ३१ : प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल भएको छ। 

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले संसदको गतिरोध खुलाउने विषयमा छलफल भएको हो। 

बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायत नेताहरू सहभागी थिए।

प्रकाशित मिति: १२:४० बजे, बुधबार, साउन ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्