Kathmandu Press

चन्द्र भण्डारी अस्पताल भर्ना 

घरमा ग्यास लिक भएर आगलागीमा परेका भण्डारी नियमित उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका हुन्।
चन्द्र भण्डारी अस्पताल भर्ना 

काठमाडाैं, साउन ३१ : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन्।

उनी नियमित उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका हुन्। प्रतिनिधिसभा सदस्य समेत रहेका उनी गत फागुन ३ गते घरमा ग्यास लिक भएर आगलागीमा परेका थिए।

भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहे पनि नियमित उपचारका क्रममा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।

बुद्धनगरस्थित घरमा आगलागी हुँदा आमा हरिकलासँगै भण्डारी गम्भीर घाइते भएका थिए। घटनाको भोलिपल्ट हरिकलाको निधन भएको थियो। भण्डारीलाई भने थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिएको थियो।

‘समय न हो निर्णायक, जुन कसैको हातमा छैन। कोसिस न हो, सबैलाई जस्तै जीजिविषाको चाहना मलाई पनि छ । इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शय्यामा केही समयमा,’ भण्डारीले अस्पताल भर्ना हुनुअघि सामाजिक सञ्जालमा उनले लेखेका छन्।

प्रकाशित मिति: १२:२५ बजे, बुधबार, साउन ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्