पेट्रोल र डिजेलको मूल्यवृद्धि
निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।काठमाडौं, साउन ३१ : पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोलमा प्रतिलिटर रु पाँचले बढाएर मूल्य समायोजन गरेको हो ।
निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।
इन्डियन आयल कार्पोरेशनबाट आज पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।
प्रकाशित मिति: ०७:३३ बजे, बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रचण्डजीहरूले काम न काज हतियार उठाउँदा नेपालको दस वर्ष खेर गयो: गगन थापाबिहीबार, मंसिर १३, २०८१
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद फैसलाबिहीबार, मंसिर १३, २०८१
कीर्तिपुर पुगेर प्रचण्डले सम्झिए १७ वर्षअघिको चुनावबिहीबार, मंसिर १३, २०८१
महाबु गाउँपालिकामा समाजवादीका उम्मेदवारले गरे एमालेलाई समर्थनबिहीबार, मंसिर १३, २०८१