कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु
कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज चौधरीसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए।
संखुवासभा, साउन ३० : संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा मुछिएका प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको छ। कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी र कैदीसँग अनुसन्धान सुरु गरिएको हो।
कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज चौधरीसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए।
कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इञ्चार्ज (असई) चौधरीलाई आइतबार पक्राउ गरिएको हो। आइतबार पक्राउ परेका चौधरीलाई पाँच दिन म्याद थप र कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे विरुद्ध जिल्ला अदालत संखुवासभाले पक्राउ अनुमति जारी थियो।
कुटपिटबाट संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो। प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन।
कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि प्रहरीले कारागारका चौकीदार रामकुमार कार्कीसहित नौ जना कैदीलाई हिरासतमा राखेको थियो। सो घटनामा संलग्न भएको आरोप लागेका चौकीदार कार्कीसहित नौ जना कैदीमाथि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गोदारले बताए।
उनीहरूलाई प्रहरीले बुधबार नै नियन्त्रणमा लिएको हो। प्रहरीले कैदी कुमार श्रेष्ठ, अनिष शर्मा, सुमन सारु, टीकाराम भनिने टीकाराज चौहान, सचिन राई, राम गुरुङ, नवीनकुमार राई र योगेन्द्रबहादुर गुरुङलाई कारागारबाट निकालेर हिरासतमा राखेको थियो। घटनामा चौकीदारसहितका कैदीको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।











