Kathmandu Press

काठमाडौं–तराई फास्ट ट्रयाकको डिपिआर संशोधन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले द्रुत मार्गको डिपीआर संशोधन गरेको हो।
काठमाडौं–तराई फास्ट ट्रयाकको डिपिआर संशोधन

काठमाडौं, साउन ३० : मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं–तराई मधेस फास्ट ट्रयाकको डिपिआर संशोधन गरेको छ। द्रुत मार्गको डिपीआर परिवर्तन भएसँगै करिब २ अर्ब लागत घट्ने बताइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले द्रुत मार्गको डिपीआर संशोधन गरेको हो। डिपीआर संशोधनपछि एकदेखि डेढ किलोमिटर लम्बाइ घटेको छ भने सुरुङको संख्या बढ्ने भएको छ। यस्तै, डिपीआर परिवर्तन गरिएपछि द्रुत मार्गका केही घुम्ती कम भएर सिधा हुने बताइएको छ।

द्रुतमार्गको लम्बाई ७२‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍.५ किलोमिटर रहेको छ। यसको निर्माण सुरु भएको ६ वर्ष पूरा भइसकेको छ भने भौतिक प्रगति २५.५४ प्रतिशत मात्रै भएको छ ।

द्रुतमार्ग निर्माणको ६ वर्षको अवधिमा ५२ अर्ब ८९ करोड रुपैयाँ खर्च भइसकेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत ३ अर्ब ६७ करोड र सेनाले निर्माण जिम्मा लिएपछि ४९ अर्ब २२ करोड रुपैयाँ खर्च भएको हो ।

०८१ मंसिरसम्म काम सक्ने भनिएपनि उक्त समयभित्र काम नसकिने देखिएपछि ०८३ चैतसम्म मन्त्रिपरिषद्बाट निर्णय गराएर आयोजनाको म्याद थप गरिएको छ।

प्रकाशित मिति: १९:३३ बजे, मंगलबार, साउन ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्