Kathmandu Press

सम्पादकहरूसँगकाे छलफलमा प्रधानमन्त्री दाहालले भने– महराका बाबु–छोरामाथि छानविन हुन्छ

‘उपाध्यक्ष महरा र छोरालाई छानविन गर्नुस् भनेर निर्देशन दिइसकेको छु। अब आजभोलिमै छानबिन अघि बढ्छ।’
सम्पादकहरूसँगकाे छलफलमा प्रधानमन्त्री दाहालले भने– महराका बाबु–छोरामाथि छानविन हुन्छ

काठमाडौं, साउन ३० : प्रधानमन्त्री पुष्पकमल दाहालले सुन तस्करी कान्डमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुलमाथि छानविन हुने बताएका छन्।

मंगलबार बालुवाटारमा सम्पादकहरूको टोलीसँग उनले महरा बाबु–छोरामाथि एक दुई दिनमै छानविन हुने बताए।

‘उपाध्यक्ष महरा र छोरालाई छानविन गर्नुस् भनेर निर्देशन दिइसकेको छु। अब आजभोलिमै छानबिन अघि बढ्छ,’ प्रधानमन्त्री दाहालले संपादकसँग भने।

अभियुक्तहरुले नाम लिँदा समेत महरा बाबु–छोरासँग बयान नलिएको बारेमा सीआईबीलाई सोधेको पनि हालले बताएका थिए। सिआइबीले मुद्दालाई छिटो प्रक्रियामा लैजाँदा राम्रो हुने आफ्नो धारणा रहेको पनि प्रधानमन्त्रीले बताएका थिए।

 

प्रकाशित मिति: १७:५७ बजे, मंगलबार, साउन ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्