एयर इन्डियाको जहाजको पाङ्ग्रा जाम हुँदा त्रिभुवन विमानस्थलको धावनमार्ग १ घण्टा बन्द
जहाज धावनमार्गबाट पार्किङमा लैजान समय लागेकोले विमानस्थलमा अवतरण हुनुपर्ने जहाज आकाशमै होल्ड भएका थिए। करिव १ घण्टा धावनमार्ग बन्द गरिएको थियो।
काठमाडौं, साउन ३० : अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग बन्द करिब १ घन्टा भएको छ। काठमाडौंबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजको ल्यान्डिङको गियरको पाङ्ग्रा जाम भएपछि विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित बनेको हो।
जहाज धावनमार्गबाट पार्किङमा लैजान समय लागेकोले विमानस्थलमा अवतरण हुनुपर्ने जहाज आकाशमै होल्ड भएका थिए। करिव १ घण्टा धावनमार्ग बन्द गरिएको थियो। उडान नम्बर एआइ२१६ को उक्त जहाजको ह्विललक भएका कारण धावनमार्गमै अड्किएको थियो।
उड्ने तयारीमा रहेका जहाज पनि ट्या्कसी वेमै रोकिएका थिए। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार दिउँसो ४ः२० देखि करिब १ घण्टा धावनमार्ग बन्द गरिएको थियो। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ।
प्रकाशित मिति: १७:४८ बजे, मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











