Kathmandu Press

ओलीले भने– वामपन्थी आन्दोलन जोगाउन प्रतिनिधिसभा विघटन आवश्यक थियो

प्रतिनिधिसभा विघटन आवश्यक भएको बताउँदै त्यसो नगरेको भए नेपालको वामपन्थी आन्दोलन ध्वस्त हुने पनि जिकिर पनि गरे।
ओलीले भने– वामपन्थी आन्दोलन जोगाउन प्रतिनिधिसभा विघटन आवश्यक थियो

काठमाडौं, साउन ३० : नेकपा एमालेका अध्यक्ष केपी ओलीले आवश्यक भएरै प्रतिनिधिसभा विघटन गरेको बताएका छन्।

मंगलबार एमालेले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए।

प्रतिनिधिसभा विघटन आवश्यक भएको बताउँदै त्यसो नगरेको भए नेपालको वामपन्थी आन्दोलन ध्वस्त हुने पनि जिकिर पनि गरे। उनले भने, ‘त्यसबेला मलाई झुण्ड्याएर मार्ने डोरी बनाइएको थियो, तर मैले संसद्‍ विघटन गरेर त्यो डोरी छिनाइदिएँ।’

उनले प्रतिनिधिसभा विघटन राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर पनि उल्लेख गरे।

‘हामीले पुस ५ मा प्रतिनिधिसभा विघटनको सिफारिस गर्‍यौं, विघटन गर्‍यौं। हामीले ठिक ठानेर गर्‍यौं, ठिक भनेर गर्‍यौं । ठिक थियो र गर्‍यौं । नगरी नहुने थियो र गर्‍यौं । बिल्कुलै समसामयिक कदम चाल्यौं,’ उनले भने, ‘होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो, ध्वस्त पार्ने षड्यन्त्र थियो । त्यस षड्यन्त्रलाई, हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरुले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौं। पुस ५ गतेको कदम भनेको त्यही हो।’

 

प्रकाशित मिति: १७:०७ बजे, मंगलबार, साउन ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्