माधव नेपालले आफूलाई एमालेबाट निकाल्ने प्रयास गरेको ओलीको आरोप
मंगलबार काठमाडौंमा बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दक्षिणपन्थी सरकार बनाउन आफुलाई पार्टीबाटै निकाल्ने षडयन्त्र भएको बताए।
काठमाडौं, साउन ३० : नेकपा एमालेका तत्कालिन वरिष्ठ नेता माधव नेपालले आफूलाई पार्टीबाट निकाल्ने षड्यन्त्र गरेको अध्यक्ष केपी ओलीले आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दक्षिणपन्थी सरकार बनाउन आफुलाई पार्टीबाटै निकाल्ने षडयन्त्र भएको बताए।
‘तत्कालिन अवस्थामा पार्टीको वरिष्ठ नेता हुँदाहुँदै माधव नेपालले मलाई पार्टीबाट निकाल्ने षडयन्त्र गर्नुभयो,’ उनले भने, ‘मलाई एमालेबाट निकालेर दक्षिणपन्थी सरकार बनाउने उहाँको चाहना थियो।’
यस्तै, ओलीले आफुलाई पार्टीबाट निकाल्ने षडयन्त्र असफल भएपछि माधव नेपालले प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाउन मद्धत गरेको पनि बताए। दुर्इ तिहाइ कम्युनिस्ट पार्टीको सरकार ढालेर पार्टीमा बसेर सरकार गिराउन भोट दिएको ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले बामपन्थी चिन्तनलाई अहिले यथास्थीतिवादी प्रतिकृयाबादीहरुले सुन्न पनि नचाहेको बताए। उनले भने, ‘वामपन्थी साइनबोर्ड राखेका स्वार्थीहरुले दक्षिणपन्थी झोला बोकेका छन्।’्











