मुगुमा जीप दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
कांग्रेसले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइते उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग मागसमेत गरेको छ।
काठमाडौं, ३० साउन : नेपाली कांग्रेसले मुगुमा भएको जीप दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
कांग्रेसले शोक विज्ञप्ति जारी गरी मुगु जिल्लाको सोरुकोटबाट गमगढी जाँदै गरेको ज १ च ७७७२ नम्बरको जीप सोमबार दिउँसो सोरु गाउँपालिकामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएकोप्रति गहिरो दुःख व्यक्त गरेको हो।
दुर्घटनामा परी चार जना सख्त घाइते भएका छन् । कांग्रेसले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
कांग्रेसले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइते उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग मागसमेत गरेको छ।
प्रकाशित मिति: १५:४१ बजे, मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











