Kathmandu Press

तस्करीको सुन गालेपछि ६० केजी ७१६ ग्राम ठहरियो

मोटरसाइकलको ‘ब्रेक सु’ बाट छुट्याएर गालिएको सुन तौल गर्दा ६० केजी ७१६ ग्राम केजी मात्रै भएको जानकारी नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले दिएको छ।
तस्करीको सुन गालेपछि ६० केजी ७१६ ग्राम ठहरियो

काठमाडौं, साउन ३० : राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल बाहिरबाट बरामद गरेको तस्करीको सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम कायम भएको छ।

मोटरसाइकलको ‘ब्रेक सु’ बाट छुट्याएर गालिएको सुन तौल गर्दा ६० केजी ७१६ ग्राम केजी मात्रै भएको जानकारी नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले दिएको छ। सोमबार ब्रेक सुबाट सुन छुट्याउँदा ६० किलो ७८९ ग्राम थियो।

सुन गालेपछिको यकिन परिमाण निकाल्न जोखिएको जनाइएको छ । सुन गालेपछि राष्ट्र बैंकले अब गुणस्तर र आर्थिक परीक्षणको काम थाल्ने भएको छ।

गालेपछि सुनका ३४ बिस्कुट बनेको महाशाखाका अधिकारीले जानकारी दिए । सुनको गुणस्तर कति हो भन्नेबारे ३ देखि ७ दिनसम्ममा पत्ता लाग्ने बताइएको छ ।

 

 

प्रकाशित मिति: १५:२६ बजे, मंगलबार, साउन ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्