Kathmandu Press

एमालेले केशव स्थापितलाई केन्द्रीय कमिटीबाट हटायो

स्थापित र यादवलाई विदा गर्दै उनीहरुको स्थानमा छक्कबहादुर लामा र केदर न्यौपानेलाई मनोनित गरिएको गौतमले जानकारी दिए।
एमालेले केशव स्थापितलाई केन्द्रीय कमिटीबाट हटायो

काठमाडौं, साउन ३० : नेकपा एमालेले एमालेले काठमाडौं महानगरपालिकामा पूर्वमेयर केशव स्थापितलाई केन्द्रीय कमिटीबाट हटाएको छ। सोमबार बसेको एमालेले सचिवालय बैठकले स्थापितलाई केन्द्रीय कमिटीबाट बिदा गरेको प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए।

स्थापितसँगै प्रमोद यादवलाई पनि एमालेले केन्द्रीय कमिटीबाट बिदा गरेको छ। स्थापित र यादवलाई विदा गर्दै उनीहरुको स्थानमा छक्कबहादुर लामा र केदर न्यौपानेलाई मनोनित गरिएको गौतमले जानकारी दिए। न्यौपाने एकीकृत समाजवादीबाट र लामा माओवादीबाट एमालेमा आएका हुन्।

केशव स्थापित आफैंले केन्द्रीय कमिटीबाट हट्न चाहेकाले उनलाई बिदा गरिएको उनले बताए। लामो समय काठमाडौंमा राजनीतिमा सक्रिय रहेका स्थापित कुनै समयमा एमालेका चर्चित युवा नेता हुन्।

प्रमोदनारायण यादव माओवादीबाट एमालेमा आएका नेता हुन्। सिरहाका पुराना माओवादी नेता सूर्यनाथराम यादवका छोरा प्रमोदलाई एमालेले केन्द्रीय सदस्य बनाएको थियो।

यस्तै एमालेले लामो समयदेखि पार्टी गतिविधिमा अनुपस्थित भएको भन्दै स्थायी कमिटी सदस्य मणि थापासँग स्पष्टीकरण सोध्ने भएको छ।  सचिवालय बैठकले थापाको निष्क्रियताका बारेमा जानकारी लिन लागेको प्रचार विभागका प्रमुख गौतमले बताए।

प्रकाशित मिति: १५:१७ बजे, मंगलबार, साउन ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्