Kathmandu Press

सुन तस्करी प्रकरणमा थप ३ चिनियाँ नागरिक पक्राउ

सिआइबीले गाउ हुइ, झोङ सेक चिन र ताङ पिङलाई पक्राउ गरेको हो ।
सुन तस्करी प्रकरणमा थप ३ चिनियाँ नागरिक पक्राउ

काठमाडौं, साउन २३ : सय केजीसुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

सिआइबीले गाउ हुइ, झोङ सेक चिन र ताङ पिङलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ३१ लाख रुपैयाँ पनि बरामद भएको सिआइबीले जनाएको छ।

उनीहरुलाई सिआइवीको हिरासतमा राखेर छानविन शुरु गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको अवस्थामा राजस्व अनुसन्धान विभागले गत साउन २ गते सय केजी सुन बरामद गरेको थियो।

 

 

प्रकाशित मिति: १४:४२ बजे, मंगलबार, साउन ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्