Kathmandu Press

अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु, बेलाउँदैनन् त म के गर्नु ? : महरा

पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले सुन प्रकरणमा आफूलाई विनाकारण मुछेर सञ्चार माध्यममा गलत प्रचार भएको बताए। अनुसन्धनका लागि बोलाउनु भन्दा पनि कसैले नबोलाएको उनले बताए।
अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु, बेलाउँदैनन् त म के गर्नु ? : महरा

दाङ, साउन ३० : माओवादी नेता कृष्णबहादुर महराले सुन तस्तकरी प्रकरणको अनुसन्धनमा सरकारलाई सघाउन आफू रहेको बताएका छन्। दाङ पुगेका महराले यो प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको बताउँदै अनुसन्धानमा आफू सघाउन तयार रहेको बताए।

पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले सुन प्रकरणमा आफूलाई विनाकारण मुछेर सञ्चार माध्यममा गलत प्रचार भएको बताए। अनुसन्धनका लागि बोलाउनु भन्दा पनि कसैले नबोलाएको उनले बताए।

‘सुन प्रकरणबारे सरकारलाई छानबिनका लागि सघाउनका तयार छु भनेर भनिरहेको छु,’ उनले भने, ‘मैले अनुसन्धानका लागि बोलाउनुस् भनेर पनि भनेकै छु, तर बेलाउँदैनन् त के गर्नु ?’

उनले सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बताए। वाङले भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको उनले बताए।

यस्तै, नेता महराले सुन तस्करीको भनेको टोलिफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको दाबी गरे।

प्रकाशित मिति: १३:०७ बजे, मंगलबार, साउन ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्