Kathmandu Press

मुगु जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

दुर्घटनामा परी मृत्यु हुनेमा सोरु गाउँपालिका–५ मुगुका लोकजन नेपाली, हुम्ला सर्केगार्ड–२ रिप गाउँका एकै नाम थरका दुई जना राम परियार, हुम्ला सिमकोट–२ ठेहेका प्रकाश बोहोरा र हुम्ला खार्पुनाथ–१ प्युसका मिनबहादुर परियार रहेको प्रहरीले जनाएको छ।
मुगु जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

मुगु, साउन ३० : मुगुमा सोमबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

सोमबार अपराह्न ४ बजे सोरु गाउँपालिका–७ मा ग १ ज ७७६२ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो। थप तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो

दुर्घटनामा परी मृत्यु हुनेमा सोरु गाउँपालिका–५ मुगुका लोकजन नेपाली, हुम्ला सर्केगार्ड–२ रिप गाउँका एकै नाम थरका दुई जना राम परियार, हुम्ला सिमकोट–२ ठेहेका प्रकाश बोहोरा र हुम्ला खार्पुनाथ–१ प्युसका मिनबहादुर परियार रहेको प्रहरीले जनाएको छ।

हुम्लाका चार जनाको शव सिप स्वास्थ्य चौकीमै राखिएको र अर्का मृतक लोकजनको शव जिल्ला अस्पतालमा राखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए। मृतकका परिवार बोलाएर शव बुझाइने तयारी छ।

हुम्लाका पाँचै जना राष्ट्रिय प्रसारण लाइनको काम गर्न मुगु गएका उनीहरुका परिवारले बताएका छन्।

जिप दुर्घटनामा सोरु गाउँपालिका–५ का गोविन्द शाही, जिप चालक सिप गाउँका दिनेश लावड, सोरु गाउँपालिका–६ बन्जाहाँ गाउँका सेरे रोकाया र हुम्ला सिमकोट–२ ठेहेका उजिर बोहोरा घाइते भएका छन्। घाइते चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

सोरुकोटबाट मुगु सदरमुकाम गमगढीतर्फ जाँदै गरेको उक्त जिप सडकबाट दुई सय मिटरभन्दा तल खसेको थियो।

प्रकाशित मिति: ११:३७ बजे, मंगलबार, साउन ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्