Kathmandu Press

कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना 

जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना 

काठमाडौं, साउन ३० : मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ। 

जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशका एक, दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ०७:२७ बजे, मंगलबार, साउन ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्