Kathmandu Press

पूर्वमुख्य सचिव पौडेलसँग सिआइवीले लियो बयान

सिआईबीले आइतबार दिउँसो चीनका लागि नेपाली पूर्वराजदूतसमेत रहेका पौडेललाई कार्यालयमै डाकेर ४ घण्टा बयान गराइएको थियो।
पूर्वमुख्य सचिव पौडेलसँग सिआइवीले लियो बयान

काठमाडौं, साउन २९ : बालुवाटारस्थित ललिता निवास अनियमितता प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ।

सिआईबीले आइतबार दिउँसो चीनका लागि नेपाली पूर्वराजदूतसमेत रहेका पौडेललाई कार्यालयमै डाकेर ४ घण्टा बयान गराइएको थियो।

सिआइवीले डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौडेल २०६९ असोज १८ को मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका नाममा भएको जग्गाको निर्णयका बिषयमा पौडेलसँग बयान लिएको जनाइएको छ।

मुख्य सचिवको भूमिका कार्यकारी नभएको र तत्कालीन सचिवबाट टिप्पणी उठेर आएको फाइल आफूले सदरमात्र गरेको जिकीर उनले गरेका छन्। पौडेलले तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारीले उठाएको टिप्पणी मन्त्रिपरिषद्‌मा पेस गर्नका लागि मात्रै आफूले सहजीकरण गरेको र मन्त्रिपरिषद्‌बाट भएको निर्णयपछि कार्यान्वयनका लागि काम गरेको बताएका छन्।  

 

प्रकाशित मिति: १९:०४ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्