Kathmandu Press

मुगुमा जिप दुर्घटना : २ जनाको मृत्यु, ७ जना घाइते

सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सिपपहिरो नजिकै दुर्घटनामा परेको थियो। दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मुगुमा जिप दुर्घटना : २ जनाको मृत्यु, ७ जना घाइते

मुगु, साउन २९ : मुगुको सोरु गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सो सात जना घाइते भएको प्रहरीले जनाएको छ।

सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सिपपहिरो नजिकै दुर्घटनामा परेको थियो। दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक तथा घाइतेको पहिचान यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेलाई उपचारका जिल्ला अस्पताल ठिनी पठाउन लागिएको छ।

प्रकाशित मिति: १८:५४ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्