बालुवाटारमा सत्ता गठबन्धका शीर्ष नेता छलफलमा
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरु सामेल छन्।
काठमाडौं, साउन २९ : सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरु सामेल छन्।
बैठकमा संसदमा सुन प्रकरणलाई लिएर भइरहेको संसद अवरोधलगायत बिषयमा छलफल भइरहेको छ। सुन तश्करी प्रकरणमा एमालेले निरन्तर संसद अवरोध गर्दै आइरहेको सन्दर्भमा छलफल केन्द्रीत रहेको जनाइएको छ। प्रधानमन्त्री दाहालले गठबन्धनको बैठक राखेका हुन्।
प्रकाशित मिति: १८:१९ बजे, सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार