सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं, फागुन ६ : नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार....

काठमाडौं, फागुन ६ : नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय रुपैयाँ पुगेको छ।
गत पुस २३ मा ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यलाई तोड्दै आज नयाँ रोकर्ड कायम गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपाली सुनचाँदी व्यवासायी महासंघले सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरेको छ ।
महासंघकाअनुसार आजका लागि चाँदीको मूल्य आठ सय ९० रुपैयाँ पुगेको छ।
प्रकाशित मिति: १७:२१ बजे, मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
