Kathmandu Press

उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको औचित्य पुष्टि हुँदै गएको छ : एमाले

सोमबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सुन तस्करी प्रकरणमा अहिलेसम्म भरियाबाहेक अरुलाई पक्राउ गर्न नसकेको अवस्थाले राज्यले गर्ने अनुसन्धानमा आशंका पैदा भएकाले उच्चस्तरीय न्यायीक छानविन आयोग गठनको औचित्य पुष्टि हुँदै गएको निष्कर्ष निकालेको हो।
उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको औचित्य पुष्टि हुँदै गएको छ : एमाले

काठमाडाैं, साउन २९ : नेकपा एमालेले सुन तस्करी प्रकरणमा राज्यले गरेको अनुसन्धानमा आशंका पैदा भएको भन्दै उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको औचित्य पुष्टि हुँदै गएको निष्कर्ष निकालेको छ।

सोमबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सुन तस्करी प्रकरणमा अहिलेसम्म भरियाबाहेक अरुलाई पक्राउ गर्न नसकेको अवस्थाले राज्यले गर्ने अनुसन्धानमा आशंका पैदा भएकाले उच्चस्तरीय न्यायीक छानविन आयोग गठनको औचित्य पुष्टि हुँदै गएको निष्कर्ष निकालेको हो।

छानबिनमा भइरहेको ढिलासुस्तीले प्रमाण नष्ट हुदै गएको र अनुसन्धान फितलो भएको एमालेको ठहर छ। बैठकपछि एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले सुन तस्करी र यसले उत्पन्न गरेका जटिलताबारे बैठकमा गम्भीर छलफल भएको र छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति अनिवार्य रहेको निष्कर्ष रहेको जानकारी दिए। अनुसन्धानमा भएको ढिलाइले नेपालको राष्ट्रिय सुरक्षामा चुनौती र अन्तर्राष्ट्रिय छवि बिग्रने जोखिम रहेको उनले बताए।

त्यस्तै बैठकले बाढि पहिरोका कारण निकै क्षति भएको, राजमार्ग अवरुद्ध भएको अवस्था तत्काल पीडितहरुको उद्दार, राहत र पुनसंस्थापनाको प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ भने प्रदेश अधिवेशनको मिति हेरफेर गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए।

त्यस्तै बैठकले कञ्चनपुरमा राष्ट्रिय युवासंघको जिल्ला अधिवेशनमा भएको गतिविधि आपत्तिजनक भएकाले छानविन गरी समस्या समाधान गर्न उपाध्यक्ष युवराज ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ। 

प्रकाशित मिति: १७:१२ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्