प्रतिनिधिसभा बैठकमा सभामुखले पक्षपाती व्यवहार देखाएको रविकाे आरोप
सोमबार सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले सभामुखले आफु अनुकुल सदन सञ्चालन गरेर पक्षपाती व्यवहार देखाएको आरोप लगाएका हुन्।
काठमाडाैं, साउन २९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा सभामुखले पक्षपाती व्यवहार देखाएको आरोप लगाएका छन्।
सोमबार सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले सभामुखले आफु अनुकुल सदन सञ्चालन गरेर पक्षपाती व्यवहार देखाएको आरोप लगाएका हुन्।
सभामुखको कुर्सीमा बसेपछि व्यवहार, क्रियाकलापले दलको बन्न नपाउने उहाले बताए। लामिछानले नियोजित रुपमा सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको गुनासो गरे।
उनले एमालेले लगातार सदन अवरुद्ध गरिरहेको अवस्थामा सभामुखले छानीछानी सांसदलाई बोल्न दिएको र अरु दलका सांसदहरुले बोल्न खोज्दा अन्त्यै मोडिएको तर्क गरे।
उनले बन्द कोठामा सहमति गरेर नै रास्वपाका सांसदहरुलाई बोल्न नदिएको भान भएको बताए।
प्रकाशित मिति: १७:०३ बजे, सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार