Kathmandu Press

सदन अवराेधबारे सांसदहरूले के भने?

कांग्रेस सांसद रामहरि खतिवडाले राज्यका निकायलाई विश्वास नगरी सदन अवरुद्ध गर्ने काम उचित नभएको बताए। उनले सुन तस्करी प्रकरणमा गरेको विरोधबाट पछाडी हट्न एमालेलाई समस्या परेको भन्दै वार्ताबाट समाधान खोज्नुपर्ने उल्लेख गरे।
सदन अवराेधबारे सांसदहरूले के भने?

काठमाडाैं, साउन २९ : एमालेका प्रमुख सचेतक पदम गिरीले संसदको आकस्मिक समयमा आफूहरुले कसैलाई बोल्न नरोकेको बताएका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीेसँग कुरा गर्दै सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने माग यथावत रहेपनि सदनको आकस्मीक समयमा आफुहरुले कसैलाई बोल्न नरोकेको बताएका हुन्।

उच्चस्तरीय छानबिन समिति नवनाएसम्म एमालेको विरोधलाई अझै शसक्त बनाएर लैजाने उनले बताए। उनले सरकारका निकायहरुले गर्ने छानबिनले निष्कर्षमा पुराउन नसक्ने स्पष्ट पारे। मन्त्रीहरु र राजनीतिक नेतृत्वको संलग्नताबेगर भन्सारबाट सुन भित्रनै नसक्ने उनको भनाइ छ।

त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले राज्यका निकायलाई विश्वास नगरी सदन अवरुद्ध गर्ने काम उचित नभएको बताए। उनले सुन तस्करी प्रकरणमा गरेको विरोधबाट पछाडी हट्न एमालेलाई समस्या परेको भन्दै वार्ताबाट समाधान खोज्नुपर्ने उल्लेख गरे।

त्यस्तै जसपा सांसद प्रदीप यादवले सदन अवरुद्ध गरेर एमालेले नाटक देखाएको तर्क गरे। सुन प्रकरणमा सिआवीले गरेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने उहाले बताए।

त्यस्तै सांसद यादवले एमालेले माग गरेअनुसार समिति गठन गरेपनि प्रतिवेदन थन्काउने काम मात्रै हुने जिकिर गरे। 
 

प्रकाशित मिति: १६:४६ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्