Kathmandu Press

एमालेले तय गर्‍याे प्रदेश अधिवेशन मिति

सोमबार बसेको पार्टीको सचिवालय बैठकले उपत्यका विशेषसहित ८ वटै प्रदेशको अधिवेशनको मिति तोकेको हाे।
एमालेले तय गर्‍याे प्रदेश अधिवेशन मिति

काठमाडौं, साउन २९ : एमालेले भदाै आधाआधीबाट सुरू गरेर असोज मसान्तभित्र प्रदेश अधिवेशन गर्न मिति तय गरेकाे छ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले उपत्यका विशेषसहित ८ वटै प्रदेशको अधिवेशनको मिति तोकेको हाे। बैठककाे निर्णयअनुसार भदौ १६ र १७ गते लुम्बिनी, असोज ५ र ६ गते मधेश, असोज ८ र ९ गते वाग्मती प्रदेशको अधिवेशन तय भएको छ।

त्यसैगरी कर्णालीको अधिवेशन असोज १० र ११ गते, कोशीको असोज ११२ र १३ गते, गण्डकीको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेशको असोज २१ र २२ गते अधिवेशन तोकिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

प्रकाशित मिति: १६:०९ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्