Kathmandu Press

एमाले मानवीर बाेल्दै गर्दा माओवादी सांसदकाे आपत्ति

एमाले मानवीर बाेल्दै गर्दा माओवादी सांसदकाे आपत्ति

काठमाडाैं, साउन २९ : नेकपा एमालेले सोमबारकाे प्रतिनिधिसभा बैठकमा पनि अवराेध सिर्जना गरेकाे छ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसदहरु उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले एमालेकै सांसद मानवीर राईलाइ बाेल्न दिए।

राइले सरकारले बनाएको छानबिन समितिले निष्पक्ष रुपमा अनुसन्धान गर्न नसक्ने भएकाले उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग गरे। नेपालको विमानस्थल सुन ट्रान्जिटको स्थानमा परिणत भएको र यसले सम्पूर्ण देशको शिर निहुरीएको बताए।

सांसद राईले बोल्दै गर्दा आतंककारी शब्द प्रयोग गरेको भन्दै माओवादी सांसदहरुले आपत्ति जनाए। माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उक्त शब्द हटाउन माग गर्दा सभामुख देवराज घिमिरेले पाण्डेले नियमापत्तिभन्दा प्रतिवाद गर्न खोजेको देखिएकाले बस्न आग्रह गरे।

त्यसपछि पुन एमालेका सांसद मानविर राईले धारणा राख्दै आफुहरुको माग पूरा नभएसम्म विरोध कायम राखिने जिकिर गरे।

कांग्रेस सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको नेतृत्व गरेको आरोप लगाएका थिए। ‘देशको प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरुको नेतृत्व गरिराख्ननुभएको छ किन डेमोक्रेटीकको नेतृत्व गरिराख्नुभएको छ?’ उनले भने, ‘यो प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाइँदैन भने, राजीनामा माग्न पाइँदैन भने हामीजस्ता सभासदलाई बिना पक्राउ पुर्जी एरेस्ट गरिन्छ भने जनताको अवस्था हुन्छ?’ 

त्यसैकाे प्रतिवाद हितराजले गरेका हुन्।

 

प्रकाशित मिति: १५:५२ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्