Kathmandu Press

एमालेले नाराबाजी गर्दा रास्वपा सांसदले किन गरे विराेध?

सभामुख देवराज घिमिरेले बोल्न समय नदिएपछि सदन 'हाइज्याक' भएको भन्दै उनीहरूले टेबुल बजाएर विराेध जनाएका हुन्।
एमालेले नाराबाजी गर्दा रास्वपा सांसदले किन गरे विराेध?

काठमाडौँ, साउन २९ : प्रतिनिधिसभा बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्नुअघि नै नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरे।

सय केजी सुन तस्करीको छानबिन गर्न माग गर्दै एमाले सांसदहरुले नाराबाजी गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले समर्थनमा टेबल ठोकेर सभामुखको ध्यानाकर्षण गराएका थिए। 

एमाले सांसदले सुन तस्करहरुलाई कारबाही गर्नुपर्ने, तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने जस्ता नारा लगाउँदै संसद बैठक अबरुद्ध गरिरहेका छन्।

सभामुख देवराज घिमिरेले एमाले सांसदलाई पटकपटक बस्न आग्रह गर्दा पनि बेवास्ता गर्दै नाराबाजी गरिएको थियो।

त्यहीक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले भने टेबल बजाएर सभामुखको ध्यानाकर्षण गराउन खोजेका हुन्। सभामुख देवराज घिमिरेले बोल्न समय नदिएपछि सदन 'हाइज्याक' भएको भन्दै उनीहरूले टेबुल बजाएर विराेध जनाएका हुन्। एमालेले संसदमा नाराबाजी गरेपछि लामिछानेले आक्राेश व्यक्त गरेका हुन् । सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको उनले बताए।

प्रकाशित मिति: १५:४३ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्