Kathmandu Press

तस्करी राेक्न कर तिरेर सुन आयात खुलाउनुपर्छ : देउवा 

कर तिरेर सुन ल्याउने व्यवस्था भए तस्करी नियन्त्रणमा सघाउ पुग्ने भनाई देउवाको छ। कांग्रेस संसदीय दलको बैठकमा सोमबार देउवाले यस्तो धारणा राखेको वैठकमा सहभागि एक सांसदले जानकारी दिए।
तस्करी राेक्न कर तिरेर सुन आयात खुलाउनुपर्छ : देउवा 

काठमाडौं, साउन २९ : पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर तिरेर सुन आयात खुलाउनुपर्ने धारणा राखेका छन्। 

कर तिरेर सुन ल्याउने व्यवस्था भए तस्करी नियन्त्रणमा सघाउ पुग्ने भनाई देउवाको छ। कांग्रेस संसदीय दलको बैठकमा सोमबार देउवाले यस्तो धारणा राखेको बैठकमा सहभागि एक सांसदले जानकारी दिए।

कांग्रेसका सांसदले उठाएका प्रश्नको जवाफ दिनेक्रममा देउवाबाट यस्तो भनाइ आएको हो। देउवाले सुनमा कर लगाएर आयात खोल्नुपर्ने बताएका थिए। 

बैठकमा सहभागी सांसदका अनुसार सभापति देउवाले आयात खुला नहुँदा तस्करी मौलाएको र यसको दीर्घकालीन समस्या समाधानको लागि आयात खोल्नुपर्ने धारणा राखेका थिए। 

‘कर लगाएर सुन आयात खोल्नुपर्छ। आयात खुला नहुँदा तस्करी मौलाएको छ। यसको दीर्घकालीन समस्या समाधानका लागि आयात खोल्नुपर्छ,’ देउवालाइ उद्धृत गर्दै ती सांसदले भने।

प्रकाशित मिति: १४:५३ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्