सबै ठुला भ्रष्टाचार र अनियमितता प्रकरणमाथि अनुसन्धान गर्नुपर्छ : महामन्त्री थापा
महामन्त्री थापाले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि प्रहरीले अनुसन्धान गर्नुपर्ने पनि बताए।काठमाडौं, साउन २९ : कांग्रेस महामन्त्री गगन थापाले सबै ठुला भ्रष्टाचार र अनियमितता प्रकरणमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन्।
कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकमा धारणा राख्दै उनले हाल स्मृतिमा रहेका सबै ठुला काण्डहरुको फाइल खोल्नुपर्ने धारणा राखेका हुन्।
‘हाम्रो स्मृतिमा रहेका जति पनि ठुला काण्डहरु छन्, ती सबैको फाइल खोलौं, अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस्त र दोषी छ भने जुनसुकै दलको होस्, नेता होस्, नाता होस्, सांसद होस् मन्त्री होस् कसैले पनि छुट पाउनुहुँदैन,’ उनले भने।
पछिल्ला दिनमा विभिन्न प्रकरणमा नाम मुछिएका नेताहरुले काण्डहरूको नाम लिँदै अनुसन्धान हुनुपर्ने भन्न थालेको बताउँदै आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्ने वा खोल्नुपर्छ भनेर माग गर्ने अवस्था बदलेर सबै फाइल खोल्नुपर्ने धारणा महामन्त्री थापाले राखेका हुन्।
महामन्त्री थापाले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि प्रहरीले अनुसन्धान गर्नुपर्ने पनि बताए।











