प्रतिनिधिसभाको बैठकबारे रणनीति तय गर्न कांग्रेस र एमाले छलफलमा
प्रतिनिधिसभाको बैठकका लागि आआफ्ना रणनीति तय गर्न नेपाली कांग्रेस र नेकपा एमाले बैठकमा जुटेका छन् ।अहिले नेपाली कांग्रेसले संसदीय दलको बैठकमा छलफल गरिरहेको छ।
काठमाडौं, साउन २९ : सोमबार १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन।
प्रतिनिधिसभाको बैठकका लागि आआफ्ना रणनीति तय गर्न नेपाली कांग्रेस र नेकपा एमाले बैठकमा जुटेका छन् ।
अहिले नेपाली कांग्रेसले संसदीय दलको बैठकमा छलफल गरिरहेको छ।
कांग्रेसले कांग्रेस संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा चलरहेको छ । यता, प्रमुख प्रतिपक्षी नेकपा एमाले सचिवालय बैठकमा व्यस्त छ।
एमाले सचिवालय बैठक भने पार्टी कार्यालय च्यासलमा बसिरहेको छ। संसद बैठक सुरु हुने अझै कुनै टुंगो लागेको छैन।
सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन अवरुद्ध गर्दै आएको छ। गत साउन १० यता संसदमा गतिरोध उत्पन्न भएकोछ । एमालेले उच्चस्तरिए छानविन आयोग गठनको माग गर्दै आएको छ।
प्रकाशित मिति: १४:३७ बजे, सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











