Kathmandu Press

बरामद क्विन्टल सुन गाल्ने प्रक्रिया सुरु

सोमबार सञ्चारकर्मीको उपस्थितिमा टक्सार महाशाखले ब्रेकसुबाट सुन निकाल्दै गाल्ने प्रक्रिया सुरु गरेको हो। ब्रेकसु कै आकारमा रहेको सुनको बाहिरपट्टी कालो रंग लगाइएको पाइएको छ।
बरामद क्विन्टल सुन गाल्ने प्रक्रिया सुरु

काठमाडाैं, साउन २९ : राष्ट्र बैंकको टक्सार महाशाखाले विमानस्थल भन्सार क्षेत्रबाट बरामद क्विन्टल सुन गाल्ने प्रक्रिया सुरु गरेको छ।

सोमबार सञ्चारकर्मीको उपस्थितिमा टक्सार महाशाखले ब्रेकसुबाट सुन निकाल्दै गाल्ने प्रक्रिया सुरु गरेको हो। ब्रेकसु कै आकारमा रहेको सुनको बाहिरपट्टी कालो रंग लगाइएको पाइएको छ।

टक्सारका कर्मचारीले कालो रंग खुर्किदा सुन देखिएको थियो। ब्रेकसुबाट सुन निकालिसकेपछि मंगलबारसम्म सुन गाल्ने काम सम्पन्न हुने टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।

सुन गालेर परिक्षण गरेपछि सुनको वास्तविक परिमाण यकिन हुने उहाले बताए। सिआइवी, राजस्व र राष्ट्र बैंक केन्द्र र टक्सारका प्रतिनिधिको टोलीको उपस्थितिमा पारदर्शी रुपले सुन गाल्ने, परीक्षण र जोख्ने काम हुने आचार्यले बताए।

साउन ४ गते राजस्व अनुसन्धान विभागको टोलीले भन्सार कार्यालय बाहिरबाट सुन बरामद गरेको थियो।

प्रकाशित मिति: १४:२५ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्