Kathmandu Press

स्वास्थ्यमन्त्री बस्नेत र युएन आवासीय संयोजक हाम्डीबीच भेटवार्ता

स्वास्थ्य मन्त्रालयमा भएको भेटघाटका क्रममा नेपालको स्वास्थ्य क्षेत्रमा सरकार र युएनअन्तर्गतका निकायबीच समन्वय र सहकार्य गर्ने विषयमा छलफल भएको छ।
स्वास्थ्यमन्त्री बस्नेत र युएन आवासीय संयोजक हाम्डीबीच भेटवार्ता

काठमाडाैं, साउन २८ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि संयुक्त राष्ट्रसङ्घ (युएन) का आवासीय संयोजक हाना सिङ्गर–हाम्डीबीच भेटवार्ता भएको छ।

स्वास्थ्य मन्त्रालयमा भएको भेटघाटका क्रममा नेपालको स्वास्थ्य क्षेत्रमा सरकार र युएनअन्तर्गतका निकायबीच समन्वय र सहकार्य गर्ने विषयमा छलफल भएको छ।

भेटमा स्वास्थ्यमन्त्री बस्नेतले अहिले सरकारले स्वास्थ्य क्षेत्रमा सहज पहुँच बिस्तारका नीति लिएको जनाउँदै आर्थिकरुपमा कमजोर नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको बताए।

युएनका आवासीय संयोजक हाना सिङ्गर–हाम्डीले नेपालको कुन क्षेत्रमा कस्तो सहकार्य आवश्यक छ भनेर चाँडै छलफल गरी सोहीअनुसारका कार्यक्रम तय गर्ने विश्वास जनाइन्।

नेपालले स्वास्थ्य क्षेत्रमा चाहिने सुधारका क्षेत्र पहिचान गर्नुपर्ने भन्दै संयोजक हाम्डीले सोहीअनुसार दातृ निकायले योजना तर्जुमा गर्ने बताइन्।

युएनअन्तर्गतका निकायसँग नेपाल सरकारले कुनै पनि कामका लागि सहकार्य गर्न चाहेमा जानकारी गराउनुपर्ने जनाउँदै उनले त्यसमा सहजीकरण गरर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाइन्।

प्रकाशित मिति: १३:५३ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्