Kathmandu Press

पानीको बहाव बढेपछि वनबासा पुलमा चारपाङ्ग्रे सवारीमा रोक

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ९५ हजार क्युसेक पुगेको छ।भारतीय पक्षले पुल जीर्ण भइसकेकाले नदीमा एक लाख क्युसेकभन्दा बढी पानी भएपछि ठूला सवारी साधनलाई रोक लगाएको हो
पानीको बहाव बढेपछि वनबासा पुलमा चारपाङ्ग्रे सवारीमा रोक

महेन्द्रनगर, साउन २९ : महाकाली नदीमा पानीको बहाव बढेपछि वनबासा पुल (शारदा ब्यारेज) मा चारपाङ्ग्रे सवारीसाधनलाई रोक लगाइएको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ९५ हजार क्युसेक पुगेको छ।भारतीय पक्षले पुल जीर्ण भइसकेकाले नदीमा एक लाख क्युसेकभन्दा बढी पानी भएपछि ठूला सवारी साधनलाई रोक लगाएको हो।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक देवसिंह बडालले आज बिहानैबाट पुलमा आवागमनमा रोक लगाइएको जानकारी दिए।

'बिहान पानीको सतह बढेर दुई लाख २४ हजार क्युसेक पुगेको थियो,' उनले भने, 'अहिले पैदलयात्रु र दुई पाङ्ग्रेसवारीसाधन चल्न दिइए पनि ठूला सवारी साधनमा रोक लगाइएको छ।' सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा हुँदा महाकालीमा पानीको बहाव बढ्ने गर्छ। महाकालीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ।

प्रकाशित मिति: १२:४९ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्