Kathmandu Press

साउनको अन्तिम सोमबार : शिवालयमा भक्तजनको घुइँचो (फाेटाेफिचर)

विगतका सोमबारभन्दा आज अन्तिम सोमबार भएकाले पशुपतिसहित राजधानीका अन्य शिवालयमा भक्तजनको धेरै घुइँचो देखिएको हो। 
साउनको अन्तिम सोमबार : शिवालयमा भक्तजनको घुइँचो (फाेटाेफिचर)

काठमाडौँ, साउन २९ : सौरमास अनुसार साउनको अन्तिम सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। विगतका सोमबारभन्दा आज अन्तिम सोमबार भएकाले पशुपतिसहित राजधानीका अन्य शिवालयमा भक्तजनको धेरै घुइँचो देखिएको हो। 

NKS-Mahendranegar-RSS_20230814_1024331691997375.jpg

आज अन्तिम सोमबार भएकाले भक्तजनहरु बिहानैदेखि दर्शनका लागि आउने हुँदा बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए। उनका अनुसार विशेषगरी साउने सोमबारको व्रत बसेका महिला भक्तजन आज शिवालयहरुमा दर्शनका लागि लाम लागेका छन्। 

SA_Narayanghad-IMG_85421691997374.jpg

पशुपति क्षेत्रमा तीज एवं महाशिवरात्रिमा जस्तै व्यवस्था गरिएको कोषले जनाएको छ। भक्तजन जुन ढोकाबाट दर्शनका लागि प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने व्यवस्था गरिएको पराजुलीले बताए। अधिकांश रातो र हरियो पहिरनमा सजिएका महिला भक्तजनमध्ये कतिपय तस्बिर खिच्न र टिकटक बनाउनकै लागि शिवालयमा आएका जस्तो देखिएको दर्शनार्थी राजेन्द्रप्रसाद श्रेष्ठले बताए। 

NP_KTM_Doleshor_20230814_084443(1)1691997374.jpg

यस वर्ष सौरमास अनुसार साउनमा पाँच सोमबार परेका छन्। साउने सोमबारको आज अन्तिम दिन भए पनि यसपछि चान्द्रमास अनुसार साउनका सोमबार बाँकी छन्। यसवर्ष साउनमा अधिकमास (मलमास) परेकाले व्रत गर्न हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर देखिएको छ। 

BBB_KTM-IMG_00011691997373.jpg

एकथरी धर्मशास्त्रीले प्रत्येक वर्ष सौरमास अनुसार साउन महिनाको सोमबार गरिने व्रत भएकाले यो नित्यकर्ममा पर्ने तर्कसहित व्रत, उद्यापन गर्न हुने तर्क गरेका छन्। अर्काथरीले अधिकमासमा भगवान् पुरुषोत्तमको मात्र पूजा, आराधना गरिने भएकाले चान्द्रमास अनुसारको साउनमा मात्र व्रत र उद्यापन गर्नुपर्ने तर्क राखेका छन्। 

BBB_KTM_IMG_00011691997373.jpg

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उक्त विषयमा आधिकारिक निर्णय नगरिएको जनाउँदै कुल, परम्परा अनुसार नै वर्तालुले साउने सोमबारको व्रत गरेका बताएको छ। साउनको सोमबार आज पशुपतिनाथमा बोल बम यात्रीको पनि भीड लागेको छ। सुन्दरीजलस्थित वाग्मतीको मुहान क्षेत्रबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउन भक्तजन आइतबार साँझ नै सुन्दरिजल पुगेका थिए।

CKK_KTM-IMG_69571691997372.jpg

ती भक्तजनले आज बिहान स्नान गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथ मन्दिरमा चढाएका हुन्। बोल बम यात्रीलाई जल चढाउन पशुपतिनाथ मन्दिरमा एउटा ढोकाको व्यवस्था गरिएको संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुलीले जानकारी दिए। पशुपतिनाथसँगै आज राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भिड लागेको छ। यसैगरी राजधानी बाहिरका ठूलासाना शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको जनाइएको छ। 

CKK_KTM-IMG_69321691997372.jpg
 
साउनमा शिवालयमा शुद्धजलसहित पूजा, आराधना गरेमा मनोकामना पूरा हुने शास्त्रीय मान्यता छ। साउनको सोमबार पारेर पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना गर्ने भक्तजन पनि धेरै हुने कोषले जनाएको छ। कोषका अनुसार साउने सोमबारमा रू सात हजार पाँच सय बढीको मात्र विशेष पूजा गर्न सकिने व्यवस्था गरिएको छ।

BBB_KTM_IMG_00021691997372.jpg

HRB_KTM-IMG_61361691997370.jpg

CKK_KTM-IMG_69511691997370.jpg

SA_Narayanghad-IMG_85501691997369.jpg

HRB_KTM_IMG_50371691997369.jpg

pashupati nath_Moment thRH5NJYQ1692001838.jpg

pashupati nath_Moment1692001838.jpg

pashupati nath_Moment hw6y64u1692001829.jpg

pashupati nath_Moment th5h54yh1692001829.jpg

pashupati nath_Moment hmwy6j51692001828.jpg

pashupati nath_Moment gdtjea1692001828.jpg

 

प्रकाशित मिति: १२:४२ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्