Kathmandu Press

उपराष्ट्रपति यादव आज चीन प्रस्थान गर्दै

सातौँ चीन दक्षिण एशिया प्रदर्शनी तथा २७औँ चीन (कुनमिङ) आयात निर्यात मेलामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ चीन प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 
उपराष्ट्रपति यादव आज चीन प्रस्थान गर्दै

काठमाडौं, साउन २९ : उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज जनवादी गणतन्त्र चीनको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छन्। 

सातौँ चीन दक्षिण एशिया प्रदर्शनी तथा २७औँ चीन (कुनमिङ) आयात निर्यात मेलामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ चीन प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

चीनको कुनमिङमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म उक्त प्रदर्शनी आयोजना हुँदैछ। उपराष्ट्रपति यादव आज अपराह्न १६ः२५ बजे चाइना इस्टर्न एयरलाइन्सको नियमित उडानबाट कुनमिङ प्रस्थान गर्नेछन्।

भ्रमण दलमा उपराष्ट्रपतिका धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, निजी चिकित्सक सिवाजी विक्रम सिलवाल, स्वकीय उपसचिव शत्रुधन यादव, सेनानी रत्नबहादुर श्रेष्ठ र  सहसेनानी भीमसेन देवकोटा सहभागी छन्।

उपराष्ट्रपति आगामी भदौ ४ गते स्वदेश फर्कनुहुने उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १२:२६ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्