Kathmandu Press

पानीको बहाव बढेपछि सप्तकोशीका ५६ वटै ढोका खोलियो

आइतबार राति ३ बजे कोशी ब्यारेजमा पानीको बहाव भएर ४ लाख ६२ हजार ३ सय ९५ क्युसेक पानी प्रति सेकेन्ड थियो भने सोमबार बिहान ८ बजे४ लाख ३९ हजार ३ सय ९५ क्युसेक पानी प्रतिसेकेन्ड थियो।
पानीको बहाव बढेपछि सप्तकोशीका ५६ वटै ढोका खोलियो

सुनसरी, साउन २९ : केही दिनदेखि निरन्तर वर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक मात्रामा बढेको छ। पानीको बहान निरन्तर बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ।

आइतबार राति ३ बजे कोशी ब्यारेजमा पानीको बहाव भएर ४ लाख ६२ हजार ३ सय ९५ क्युसेक पानी प्रति सेकेन्ड थियो भने सोमबार बिहान ८ बजे४ लाख ३९ हजार ३ सय ९५ क्युसेक पानी प्रतिसेकेन्ड थियो। आज बिहानबाट पानीको सतह केही घट्न थालेको बताइएको छ।

ब्यारेजबाट अत्यधिक मात्रामा पानीको बहाव हुन थालेपछि पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेज पुलमा सवारी साधनको गति सीमित गरेर सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ।

ब्यारेजका संरचना अहिलेसम्म कुनै ठूलो क्षति नभएको सप्तरी प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:४८ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्