Kathmandu Press

महाकालीमा बहाव बढेपछि शारदा ब्यारेज पुलमा चारपांग्रे सवारीसाधन चलाउन रोक

महाकाली नदीमा पानीको बहाव बढेपछि प्रहरीले आइतबार रातिदेखि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधन चलाउन रोकिएको हो।
महाकालीमा बहाव बढेपछि शारदा ब्यारेज पुलमा चारपांग्रे सवारीसाधन चलाउन रोक

कञ्चनपुर, साउन २९ : अविरल वर्षापछि महाकाली नदीमा ठूलो बाढी आएपछि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधन चलाउन रोकिएको छ।

महाकाली नदीमा पानीको बहाव बढेपछि प्रहरीले आइतबार रातिदेखि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधन चलाउन रोकिएको हो।

प्रहरीका अनुसार सोमबार बिहान महाकालीमा पानीको बहाव १ लाख ७० हजार क्युसेक पुगेको छ।

सय वर्ष पुरानो पुल कमजोर भएकाले जोखिम हुन सक्ने भन्दै महाकालीमा पानीको वहाव १ लाख क्युसेक नाघ्नेबित्तिक्कै चार पांग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ।

प्रकाशित मिति: १०:४१ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्