Kathmandu Press

सरकारमा जाँदै जनमत पार्टी, अनितादेवीले आज सपथ लिने

सरकारको नेतृत्व गरिरहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई  फिर्ता बोलाएसँगै जनमत पार्टीकी साह मन्त्री नियुक्त हुन लागेकी हुन । 
सरकारमा जाँदै जनमत पार्टी, अनितादेवीले आज सपथ लिने

काठमाडौं, साउन २९ : सिके राउत नेतृत्वको जनमत पार्टी पुनः सरकारमा सहभागी हुने भएको छ । जनमत पार्टीबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहले आज पद तथा गोपनियताको सपथ लिने भएकी छिन् । 

शितल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहान दस बजे उनले पद तथा गोपनियताको सपथ लिने बताईएको छ । सरकारको नेतृत्व गरिरहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई  फिर्ता बोलाएसँगै जनमत पार्टीकी साह मन्त्री नियुक्त हुन लागेकी हुन । 

हिजो बसेको माओवादीको पदाधिकारी बैठकले सामान्य प्रशासन मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेपछि नवनियुक्त मन्त्री साहलाई प्रधानमन्त्री दाहालले सोही मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको बुझिएको छ । 

यद्यपी अरु कुनै मन्त्रीलाई संघीय मामिलाको जिम्मा दिएर साहलाई अन्य कुनै मन्त्रालयको जिम्मेवारी दिन सकिने पनि स्रोतको भनाइ छ । 

प्रकाशित मिति: ०८:५० बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्