Kathmandu Press

संसदीय दलको बैठक आज सकिदैं 

बैठक बिहान ११ बजे बस्ने तय भएको छ । शुक्रबार र आईतबार बसेको संसदीय दलको बैठकमा ५० जना सांसदहरूले धारणा राखेका छन् । बैठक आज सकिने बताइएको छ । 
संसदीय दलको बैठक आज सकिदैं 

काठमाडौं, साउन २९ : सत्तारूढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । 

बैठक बिहान ११ बजे बस्ने तय भएको छ । शुक्रबार र आईतबार बसेको संसदीय दलको बैठकमा ५० जना सांसदहरूले धारणा राखेका छन् । बैठक आज सकिने बताइएको छ । 

बैठकमा धेरै विषयमा कुरा उठेको र ती विषयहरूलाई समेटेर महत्वपूर्ण प्रस्ताव पारित गर्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

आज शिर्ष नेता र पदाधिकारीले आफ्नो धारणा राखेपछि बैठक सकिनेछ । 
 
प्रकाशित मिति: ०७:५३ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्