संखुवासभा कैदी मृत्यु प्रकरण : असाई चौधरी पक्राउ, पाँच दिन थुनामा राख्न अनुमति
पक्राउ परेका चौधरीलाई जिल्ला अदालत संखुवासभाबाट पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनमुति दिएको छ।
संखुवासभा, साउन २८ : संखुवासभाको कारागारभित्र दुई कैदीबन्दीको मृत्यु भएको घटनामा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परेका छन्।
पक्राउ परेका चौधरीलाई जिल्ला अदालत संखुवासभाबाट पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनमुति दिएको छ।
मृतकका आफन्तले दिएको किटानी जाहेरीका आधारमा जिल्ला अदालत संखुवासभाले कारागार प्रमुख (जेलर) राजेन्द्र घिमिरे र असई लक्ष्मी चौधरीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
असई चौधरी पक्राउ परेपनि जेलर घिमिरे भने पक्राउ परेका छैनन्।
साउन २४ गते बिहान जिल्ला कारागार संखुवासभामा विनोद तोलाङी र विकास श्रेष्ठ भनिने आकाश बलामीको मृत्यु भएको थियो ।
प्रकाशित मिति: २०:२६ बजे, आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











