संसदीय दलकाे बैठकमा सरकार परिवर्तनबारे छलफल भएकाे छैन : रमेश लेखक
शुक्रबार र आइतबार दुई दिन बसेको संसदीय दलकाे बैठकमा धेरै विषय उठे पनि सरकार परिवर्तनको विषयमा छलफल नभएकाे प्रमुख सचेतक रमेश लेखकले बताए।
काठमाडौं, साउन २८ : नेपाली कांग्रेसले सरकार परिवर्तनको विषयमा छलफल नभएकाे बताएको छ।
शुक्रबार र आइतबार दुई दिन बसेको संसदीय दलकाे बैठकमा धेरै विषय उठे पनि सरकार परिवर्तनको विषयमा छलफल नभएकाे प्रमुख सचेतक रमेश लेखकले बताए।
‘सरकार बदल्ने, ढाल्ने, अर्को बनाउने कुरा भएको छैन,’ उनले भने। छलफल भएका महत्वपूर्ण विषय सोमबार पारित गरिने उनले बताए।
हालसम्म ५० जना सांसदले धारणा राखेकाे र बाँकीले भोलि बिहान ११ बजे बस्ने बैठकमा राख्ने उनकाे भनाइ थियाे।
प्रकाशित मिति: १८:०१ बजे, आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार