Kathmandu Press

माओवादीले मन्त्री मोदीलाई फिर्ता बाेलायाे

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्री र पदाधिकारीको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको एक नेताले जानकारी दिए।
माओवादीले मन्त्री मोदीलाई फिर्ता बाेलायाे

काठमाडौं, साउन २८ : माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको छ।

काठमाडौंमा उपलब्ध पदाधिकारी र मन्त्रीहरूको आइतबार बसेको बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाएर उक्त मन्त्रालय जनमत पार्टीलाई दिने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए। 

माओवादी पदाधिकारीको बैठकले सरकारमा रहेर राम्रो काम गर्दागर्दै पनि यसअघिको सहमतिका कारण एक मन्त्रालय जनमतका लागि छोड्नुपरेको हाे। बैठकमा मन्त्री मोदीले प्रधानमन्त्री दाहाल र पार्टीको निर्णय स्वीकार रहेको बैठकमा बताएका थिए।

बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारका कामका बारेमा छलफल भएको थियाे।

माेदीलाई सरकारबाट फिर्ता बाेलाइएपिछ उनकाे स्थानमा जनमत पार्टीकी नेतृ अनिता देवी मन्त्री बन्नेछिन्।

प्रकाशित मिति: १७:५० बजे, आइतबार, साउन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्