‘सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नीतिगत प्रश्न मात्र गरेकाे हुँ’
अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता प्रमाणित गर्न चुनौती दिएपछि शर्माले भने शर्माले आफ्नो अभिव्यक्तिमा कुनै कमजोरी भए आगामी दिन सच्याउन तयार रहेको बताए।
काठमाडौं, साउन २८ : कांग्रेस सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा आफूले गृहमन्त्री र अर्थमन्त्रीमाथि नीतिगत प्रश्न मात्र गरेको बताएका छन्।
आज कांग्रेस संसदीय दलको बैठकमा उनले असाउन १० गते र्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै संदनमा बोलेको विषयमा स्पष्टीकरण दिने क्रममा त्यस्तो बताएका हुन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता प्रमाणित गर्न चुनौती दिएपछि शर्माले भने शर्माले आफ्नो अभिव्यक्तिमा कुनै कमजोरी भए आगामी दिन सच्याउन तयार रहेको बताए।
‘भन्सारबाट क्विन्टलका क्विन्टल सुन आउँछ। पुलिस प्रशासनको नेतृत्व गरेको गृह मन्त्रालयलाई पनि थाहा हुन्न, अर्थमन्त्रीलाई पनि थाहा हुन्न भनेर नेपाली जनताले पत्याउँछन् त?’ उनले भने। उनले अर्थमन्त्री डा. महतसँग आफ्नो व्यक्तिगत विवाद नभएको पनि बताए। ‘मैले प्रकाशरण दाइले सुन तस्करी गर्नुभयो, उहाँ सुन तस्कर हो भनेको होइन,’ शर्माले भने, ‘नैतिक जिम्मा लिने कि नलिने भनेर नीतिगत प्रश्न गरेको हुँ।’
आफ्नो प्रश्नको उत्तर अर्थ र गृहमन्त्रीका साथै प्रधानमन्त्रीले पनि दिनुपर्ने उनले बताए। शर्माले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन समेत माग गरे।
शर्माले संसदमा बोल्न पटकपटक समय माग्दा पनि नपाएको गुनासो गर्दै यस्तै अवस्था रहिरहे विद्रोह गर्ने चेतावनी दिए। मोरङ ३ बाट निर्वाचित सांसद शर्माले बोल्न समय दिए निर्देशनभन्दा बाहिर नजाने बताए।











