Kathmandu Press

बर्दियाको बारबर्दियामा ४३ घर डुबानमा

बर्दियामा यस वर्षको सबैभन्दा बढी वर्षा आज भएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार २४ घण्टामा रम्मापुरमा २२६ दशमलव ४ मिलीलिटर पानी परेको जानकारी दिएको छ। यसैगरी चेपाङस्थित जलमापन केन्द्रमा १ सय ७२ मिलीलिटर वर्ष मापन भएको छ।
बर्दियाको बारबर्दियामा ४३ घर डुबानमा

बर्दिया, साउन २८ : आइतबार बिहानैदेखिको अविरल वर्षाका कारण बर्दियाको बारबर्दियामा ४३ घर डुबानमा परेका छन्। 

बारबर्दिया नगरपालिका–८ स्थित औरी, भगतपुर र दुद्याका यस क्षेत्रमा जिल्लामा सबैभन्दा बढी पानी परेका कारण डुबानले जनजीवन अस्तव्यस्त बनेको बताइएको छ। डुबान क्षेत्रमा उद्धारका लागि प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिहरू खटिएको बताइएको छ।

बर्दियामा यस वर्षको सबैभन्दा बढी वर्षा आज भएको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार २४ घण्टामा रम्मापुरमा २२६ दशमलव ४ मिलीलिटर पानी परेको जानकारी दिएको छ। यसैगरी चेपाङस्थित जलमापन केन्द्रमा १ सय ७२ मिलीलिटर वर्ष मापन भएको छ।

बबईको कटानले बबई सिँचाइ आयोजनाले ठाकुरद्धारा स्थित खैलारमा निर्माण गरेको तटबन्धको लन्चिङ जाली बगाएको छ। स्लोभ खस्किन थालेपछि त्यसलाई जोगाउने प्रयास भइरहेको छ।

सोमबारसम्म वर्षा हुने भएकाले बबई र कर्णाली क्षेत्रको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।

प्रकाशित मिति: १६:१९ बजे, आइतबार, साउन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्