Kathmandu Press

सुन तस्करीमा मेराे संलग्नता छैन, कसैले प्रमाणित गरे पदमा बस्निनँ : डा. महत

कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उनले पार्टीकै सांसदले आफूलाई पार्टीभित्रबाटै लाञ्छित गरेकोमा असन्तुष्टि जनाउँदै उनले एउटा संस्कारमा हुर्किएका कारण आफूले त्यसो नगरेको बताए।
सुन तस्करीमा मेराे संलग्नता छैन, कसैले प्रमाणित गरे पदमा बस्निनँ : डा. महत

काठमाडौं, साउन २८ : अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता कसैले प्रमाणित गरे पदमा नबस्ने बताएका छन्।

कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उनले पार्टीकै सांसदले आफूलाई पार्टीभित्रबाटै लाञ्छित गरेकोमा असन्तुष्टि जनाउँदै उनले एउटा संस्कारमा हुर्किएका कारण आफूले त्यसो नगरेको बताए।  ‘यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस्, म पदान (अर्थमन्त्री) मा बस्दिनँ ।’ प्रतिक्रिया दिँदै जाने हो भने धेरैका बारेमा धेरै कुरा आफूले पनि भन्न सक्ने उनको भनाइ थियो।

आफूले लोभ लालच राखेको भए कर निर्धारण अनेक गर्न सक्ने भन्दै उनले त्यस्तो नगरेको बताए। पार्टीभित्रकै कसैलाई आफूबारे प्रश्न भए पार्टीमा राख्न समेत उनले आग्रह गरे।

उनले हालै पक्राउ परेका र छाडिएका डा. सुनिल शर्माको नाम नलिई शर्माको अभिव्यक्ति उचित नभएको जिकिर गरे। उनको पक्राउबारे आफूलाई अगाडि केही थाहा नभएको महतले बताए। शर्माले साउन १० गते प्रतिनिधिसभा बैठक र सार्वजनिक मञ्चहरुमा सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्।

सिद्धान्त, नीतिगत विषयमा मतभेद हुन सक्ने तर कुनै पनि बहानामा होच्याउने, लाञ्छना लगाउने, यही मौका हो, सकिहालोस् भन्ने आफू र आफ्नो दाइ डा. रामशरण महतको ट्र्याक रेकर्ड र संस्कार नभएको उनको भनाइ थियो।

प्रकाशित मिति: १५:५६ बजे, आइतबार, साउन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्