Kathmandu Press

चिकित्सा शिक्षा ऐन परिमार्जन माग राखेर स्वास्थ्यकर्मीले गरे प्रदर्शन

वर्तमान चिकित्सा शिक्षा ऐन निरंकुश र स्वेच्छाचारी रहेकाले ऐन परिमार्जन गर्नुपर्ने भन्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको अगुवाइमा स्वास्थ्यकर्मीले आइतबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन्।
चिकित्सा शिक्षा ऐन परिमार्जन माग राखेर स्वास्थ्यकर्मीले गरे प्रदर्शन

काठमाडाैं, साउन २८ : चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने भन्दै स्वास्थ्यकर्मीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।

वर्तमान चिकित्सा शिक्षा ऐन निरंकुश र स्वेच्छाचारी रहेकाले ऐन परिमार्जन गर्नुपर्ने भन्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको अगुवाइमा स्वास्थ्यकर्मीले आइतबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन्।

उनीहरुले विश्ववद्यालय, प्रतिष्ठान, सिटिइभिटी लर्गातको स्वायतत्तामाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, स्तरउन्नती गर्न बाँकी रहेका संस्थाहरुको तत्काल भर्ना खोल्नुपर्ने माग गरेका छन्।

swasthyakarmi andolan_Moment1691919520.jpg

प्रदर्शनमा सहभागीहरुले चिकित्सा शिक्षा आयोग खारेज गर्नुपर्ने भन्दै नारावाजी समेत गरेका थिए। चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका सहसंयोजक भुवनचन्द्र जोशीले चिकित्सा शिक्षा ऐनका प्राविधिक शिक्षा र चिकित्सा शिक्षामा समस्या देखिएका आन्दोलन गर्न बाध्य भएको बताए।

उनले चिकित्सा शिक्षा ऐनका कारण चिकित्सा शिक्षा पठाउने शिक्षालय बन्द हुन पुगेको र आयोगले हस्तक्षेप गर्दा सिटिइभिटी मातहतका नर्सिङ कलेजहरु बन्द हुन पुगेको उल्लेख गरे। आयोगले समयमा नै समाधानको उपाय ननिकाले स्वास्थ्यकर्मीहरुको अभाव हुन सक्ने उनले बताए।

swasthyakarmi andolan_Moment febr1691919519.jpg

प्रकाशित मिति: १५:०७ बजे, आइतबार, साउन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्