Kathmandu Press

सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन आवश्यक : शेखर कोइराला  

पार्टीको संसदीय दलको बैठकमा नेता कोइरालाले नेपाल सुन तस्करीको अखडा बनिसकेको बताउँदै त्यसबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समितिको आवश्यकता औंल्याएका हुन्। नेता कोइरालाले नेपाल भएर भारतमा सुन तस्करी भइरहेको दाबी गरे।
सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन आवश्यक : शेखर कोइराला  

काठमाडौं, साउन २८ : कांग्रेस नेता शेखर कोइरालाले नेपाललाई सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको आवश्यक औंल्याएका छन्।

पार्टीको संसदीय दलको बैठकमा नेता कोइरालाले नेपाल सुन तस्करीको अखडा बनिसकेको बताउँदै त्यसबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समितिको आवश्यकता औंल्याएका हुन्। नेता कोइरालाले नेपाल भएर भारतमा सुन तस्करी भइरहेको दाबी गरे।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिनको माग गर्दै दुई सातादेखि संसद अवरुद्ध पारिरहेको बेला कोइरालाले पनि छानबिन समिति गठनको पक्षमा धारणा राखेका हुन्। तर सत्ता गठबन्धन र सरकारले भने छानबिन समिति बनाउन आवश्यक नरहेको बताउँदै आएका छन्।

‘सुन तस्करीबारे हामी गम्भीर भएर सोच्नु आवश्यक छ। जो व्यक्ति प्रधानमन्त्रीको निजी सचिव थियो, उसलाई राजस्व अनुसन्धानको प्रमुख बनाएर ७ दिनअघि पठाइन्छ, ऊ जानेबित्तिकै सुन समातिएको छ, त्यसपछि त्यसको अनुसन्धान गर्न सिआईबीलाई दिन आनाकानी गरिएको छ। के के भइरहेको छ भन्ने हामी सबैलाई थाहै छ,’ उनले भने।

उनले थपे, ‘नेपाल सुन तस्करीको अखडा पहिल्यै भइसकेको छ। यसलाई रोक्ने हो भने उच्चस्तरीय छानबिन समिति बनाएर यसको जरोसम्मै छानबिन हुनु आवश्यक छ। यसबारे पार्टीले गम्भीर भएर सोच्नु आवश्यक छ।’

प्रकाशित मिति: १५:२० बजे, आइतबार, साउन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्