Kathmandu Press

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका नेताहरुले भेट्नु सामान्य : ओली

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका नेताहरुले भेट्नु सामान्य : ओली

काठमाडौं, साउन २८ : एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीका नेताहरुले भेट्नु सामान्य भएको पनि बताएका छन्।

पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीका नेताहरुले भेटेकाे कुरा गरेर एमालेभित्र समस्या ल्याउन सकिन्छ कि भनेर प्रयास भइरहेकाे उनले बताए।

'हाम्रो पार्टीभित्र कुनै समस्या आउँछ कि, ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ। पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि उहाँ हुनुहुन्छ र फेरि त्यो भन्दा अगाडि नजिकको मित्र हो,' उनले भने, 'हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरै होइन। विष्णु पौडेलजीले मात्रै होइन मैले पनि कुरा गरेको छु। अरुले पनि कुरा गर्नुभएको छ ।'

प्रकाशित मिति: १४:२५ बजे, आइतबार, साउन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्