प्रधानमन्त्री दाहाललाई राजीनामा दिन ओलीकाे सुझाव

काठमाडौं, साउन २८ : एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिन सुझाएका छन्।
पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा नदिनु आश्चर्य भएको बताउँदै उनले भ्रष्टाचारको चाङमा उभिएर म नेतृत्व गर्छु भन्नु अप्ठेराे हुने भएकाले प्रचण्डलाई राजीनामा दिन सुझाएका हुन्। उनले अहिलेकाे सरकार भ्रष्ट र नालायक भएकाे पनि बताए।
‘यति अयोग्य, यति नालायक सरकारको यस्तो भ्रष्टाचारको चाङमा उभिएर म नेतृत्व गर्छु भन्न अठ्यारो हुनुपर्ने हो,’ उनले भने, 'प्रधानमन्त्रीले आफैं राजीनामा गर्नुपर्ने हो।’
प्रकाशित मिति: १४:३७ बजे, आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











