Kathmandu Press

गृहमन्त्रीले राजीनामा दिनुको विकल्प छैन : ओली

पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले सुन तस्करी प्रकरणले गृहमन्त्रीको असफलता देखाइसकेकाले राजीनामा दिनुको विकल्प नभएको बताएका हुन्। 
गृहमन्त्रीले राजीनामा दिनुको विकल्प छैन : ओली

काठमाडौं, साउन २८ : एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुको विकल्प नरहेको बताएका छन्।

पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले सुन तस्करी प्रकरणले गृहमन्त्रीको असफलता देखाइसकेकाले राजीनामा दिनुको विकल्प नभएको बताएका हुन्। 

‘राजीनामाबाहेक गृहमन्त्री आफैँ रोस्ट्रममा उभिन जानु भनेको अनौठो कुरा हो। यत्रो असफलता भएको छ। चुरोट भनेर ल्यायो सुन हुन्छ‚ सुन भनेर पक्रिएर राख्यो‚ राखेको ठाउँबाट हराउँछ‚’ उनले भने, ‘गृहमन्त्रीको जवाफदेहिता होइन त्यो? क्विन्टलका क्विन्टल सुन एउटा माध्यमबाट एउटा कम्पनीले ल्याएको छ। त्यस्ता कम्पनी कतिवटा छन्? तस्करीमा संलग्नलाई नागरिकता कसले दियो?’ 

तार काट्ने, क्यामेराको मुन्टो अर्कोतर्फ फर्काउने, घाँटी मर्काउने कस्तो सरकार हो भन्दै प्रश्न गरे।

प्रकाशित मिति: १४:२१ बजे, आइतबार, साउन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्