Kathmandu Press

‘बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ’

पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले संसदीय समिति स्वीकार गर्न नसकिने बताउँदै उच्चस्तरीय स्वतन्त्र छानबिन समिति नै बन्नुपर्नेमा जोड दिएका हुन्।
‘बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ’

काठमाडौं, साउन २८ : एमाले अध्यक्ष केपी ओलीले सुन तस्करीको छानबिनका लागि बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्नेमा जोड दिएका छन्। 

पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले संसदीय समिति स्वीकार गर्न नसकिने बताउँदै उच्चस्तरीय स्वतन्त्र छानबिन समिति नै बन्नुपर्नेमा जोड दिएका हुन्।

संसदीय समिति कस्तो हुन्छ भनेर पोहोर नै हेरिएको उनले बताए। ‘सभापति उहाँहरुकै चाहिन्छ, बहुमत उहाँहरुकै चाहिन्छ, यो पनि छानबिन गर्नैपर्दैन, त्यो पनि छानबिन गर्नुपर्दैन भन्नुहुन्छ। सुन तस्करीको कहानी नै गलत हो, सबै कहानी प्रतिपक्षले बनाएको हो भन्न पनि बेर लाग्दैन।’

ओलीले एमालेले संसद अवरोध नगरेको पनि जिकिर गरे। उनले तस्करीको सुनमा सरकारको संलग्नता नभए सरकार किन आयोग बनाउन तर्सिएको भन्दै प्रश्नसमेत गरे। 

ओलीले संसद देश र जनताका काम गर्ने थलो भएकाे, निदाएर र सुतेर बस्ने ठाउँ नभएकाे उल्लेख गर्दै देश र जनताको पक्षमा बोलिएका कुरालाई सरकारले गम्भीरताका साथ  लिनुपर्ने र स्वस्थ बहसमा आउनुपर्ने बताए।

उनले संसदमा प्रतिपक्ष बोल्न उठ्नेबित्तिकै सत्तापक्ष उठेर होहल्ला गर्ने बोल्नै नदिने गरेको बताए ।

प्रकाशित मिति: १४:०२ बजे, आइतबार, साउन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्